कुनै पनि ब्यक्तिको भविष्य, प्रेम, ब्यवसाय ज्याेतिषी शास्त्रबाट सजिल्लै पत्ता लगाउने गरिन्छ ।
ब्यक्तिको भाग्य राशी अनुसार हर्न सकिन्छ ।ज्योतिषशास्त्रमा कस्ता पुरुषलाई महिलाहरुले बढी रुचाउँछन् भन्नेबारे बताइएको छ ।
ज्योतिषशास्त्रमा राशी अनुसार कस्ता पुरुषलाई महिलाले मनपराउँछन् भन्ने पत्ता लगाउन सकिन्छ । हरेक पुरुषले आफ्नो महिला कस्तो ब्यबहारको हुन्छ भन्ने कुरामा चासो राखेकै हुन्छ ।
सबै पुरुषल महिलाले आफुप्रति कत्तिको चासो दिन्छन्-दिँदैनन् भन्ने जान्न चाहेका हुन्छन् । यस्तै ज्योतिषशास्त्रमा ४ राशीका पुरुष प्रति महिला नजिक हन्छन् भन्ने बताइएको छ ।
सिंह राशि –
यो राशिकाले नाता राम्रो बनाउन खोज्छन् र मन पनि सफा हुन्छ । यो राशी भएकाहरु रोमान्टिक स्वभावका हुने गर्छन् । यो राशिका पुरुष महिलालाई जिस्क्याउने शैलीका हुन्छन् । यो राशिका पुरुष लजालु स्वभावका पनि हुन्छन् । जसलाई सं-वेदनशील महिलाले मन पराउने गर्छन् ।
मिथुन राशि –
याे राशि भएका पुरुष तिर महिला धेरै आर्कषित हुने ज्योतिषशास्त्रमा बताइएको छ । यस राशि भएका पुरुषहरु बढी भाग्यमानी हुने पनि बताइएको छ । यी पुरुषले महिलालाई आफु तिर आकर्षित गर्न मेहनत गर्नु पर्दैन । यो राशि भएका पुरुष कोमल मनका र रोमान्टिक खालका हुन्छन् ।
तुला राशि –
याे राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुन्छ । जसले सुन्दर महिलाहरु चाडैं आकर्षित गर्न सक्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं क्षमता भएका हुन्छन् । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर ब्यवहार गर्छन् ।
मकर राशि –
याे राशिका पुरुष सबैभन्दा भाग्यमानी हुन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्छन्। यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै राम्रो र स्मार्ट हुन्छ ।
यो पनि – यी ३ राशिका युवती हुन्छन असाध्यै सफल र आकर्षक
राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ । त्यसैगरी शरीरको बनोट,अनुहारको आकर्षण,कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ ।
यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५-५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।
वृष राशि (नामको सुरु अक्षर: ई, ऊ, ओ, वा, वी, वू, वे, वो)
-यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन्।
-यो राशिका युवतिहरूको व्यक्तित्व सार्है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन्।
– बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ।
-यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।
-यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह-अवरोहको स्थिति बनिरहन्छ ।
मिथुन राशि (नामको सुरु अक्षर : का, की, कू, घ, ङ, छ, के, को, हा)
-यो राशिका युवतीहरू निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।
-यीनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।
-यो राशिका युवतीहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् । दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।
-यो राशिका युवतीहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।
वृश्चिक राशि (नामको सुरु अक्षर : तो, ना, नी, नू, ने, नो, या, यी, यू)
-वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ । यीनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।
-यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यीनीहरूमा एक किसिमको फरक आकर्षण हुन्छ।
-कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन्।
-मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्।
-वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् । कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्।



