बिष्णुप्रसाद पोखरेल
अहिले झापाको दमकमा सबैको दृष्टि परेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा चौपक्षिय प्रतिस्पर्धा हुने निश्चित नै रहेको छ । चारवटै उम्मेद्वारहरुले आफूले जित्ने दाबी गर्र्दै आएकाछन् ।
पूर्व मेयर रोमनाथ ओली, पूर्व मेयर राम थापा, नेपाली काँग्रेसका युवा नेता ढुण्डिराज भण्डारी र माओबादी केन्द्रका स्थानीय स्तरमा चर्चित नेता गगन पुरीबीच प्रतिस्पर्धा हुदैछ । यसलाइ थापा र पुरीले ठूलो लडाइको रुपमा लिएकाछन् ।
ओलीले पार्टी संगठन बलियो भएकाले जित्ने दाबी गरेकाछन् । काँग्रेसले पनि आफूलाइ कमजोर ठानेको छैन । यसरी चौपक्षिय भिडन्त हुँदैछ ।
एमालेले आफ्नो प्रतिस्पर्धि राप्रपालाइ देखेको छ । अन्य राजनीतिक दलहरुले एमालेले देखेकाछन् । तर कस्ले बाजि मार्ला भनेर अन्योल नै रहेको छ ।
दमकमा मतदान केन्द्रहरुमा गाइगाइ चलेका बिषयहरुलाइ आधार मान्दा मेयर र उपमेयरमा सबैभन्दा बढि भोट क्रस भएको छ । यसले गर्दा ठूला राजनीतिक दलहरुलाइ धक्का लाग्न सक्ने पनि अनुमान छ ।
उपमेयरमा भने एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट गिता अधिकारी र काँग्रेसबाट रेगिना भट्टराइबीच कडा प्रतिस्पर्धा हुनेछ । वडाध्यक्षहरुमा भने एमालेको पकड बलियो देखिन्छ ।
मतदाताहरुले उत्साहका साथ मत हालेर सुटुक्क हिडेकाछन् । उनिहरुले खुल्न चाहेका छैनन् । यसले गर्दा नतिजा कस्तो आउला भनेर उम्मेद्वारहरु नै अन्योलमा रहेकाछन् ।
ठूला तथा साना पार्टीहरुले पनि आफ्नो मत सुरक्षित राख्न नसकेको पूर्व अनुमान लगाउन सकिन्छ । सबै पार्टीमा मान्छे छानेर मत हाल्ने देखिएको निर्वाचन बुथमा खटिएका एक अधिकृतले बताएकाछन् ।
केहि मतपत्रमा मतदाताले मत हालेको देखेका उनले यस्तो बताएका हुन् । सबैभन्दा बढि मत क्रस गर्नेमा युवाहरु रहेकाछन् भने राजनीतिक चेतना भएका ब्याक्तिहरुले त्यसरी मत क्रस गरेको बताइन्छ ।



