साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबारको दिन शुक्रवार छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतवार तेजाबी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



