साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

हेर्नुस कुनले कमाए ? कुनले गुमाए ?