कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठनले जनाएको छ ।
आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।
बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ । जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १।९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।
सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।



