काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा बुधबार यसको पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा भएको थियो । त्यसपछि लगातार भाउ बढ्दै सर्किट लागेको हो । बुधबार बिहान ११ः२५ बजेसम्म सीइडीबीको सेयर भाउ ९.८६५ ले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । ‘सीएचडीसी’ संकेतमा यसको कारोबार भएको छ ।
यो हाइड्रोपावर कम्पनी मंगलबार मात्र नेप्सेमा सूचीकरण भएको हो । सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकरण भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट बुधबार यस कम्पनीको सेयर कारोबार खुला भएको हो ।



