युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको हो।

युनियन लाइफ इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउछ।

यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने बोर्डमा आवेदन दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ ।

दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक भने प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah