
काठमाडौं, ३० असोज । निर्धारित मितिमा नवीकरण नगर्दा खारेजी र नवीकरण दुवैबाट बञ्चित भएका व्यापारिक फर्महरुले एक पटकका लागि नवीकरणको मौका पाउने भएका छन् ।
सरकारलै कानुनी त्रुटि सच्याउँदै ०७४ असार मसन्तसम्म नवीकरण गर्न पाउनसक्ने व्यवस्था गरेको छ ।
नवीकरणका लागि व्यापारिक फर्मले अब २ प्रकारका जरिवाना सरकारको राजश्वमा जम्मा गर्नुपर्ने हुन्छ ।
सरकारले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली २०३४ को नियम १० संशोधन गर्दै नवीकरणको म्याद एक वर्ष नाघेका व्यापारिक फर्मले एक पटकका लागि नवीकरणको मौका दिएको हो । कारोबार दैनिकमा खबर छ ।



