चिन्ताले मानिसलाई अशान्त बनाउँछ । त्यतिमात्र होइन धेरै चिन्ता गर्ने मानिसमा यसैका कारण विभिन्न प्रकारका रोगहरु पनि लाग्ने गर्दछ । यस्तोमा चिन्ताबाट कसरी बच्ने त ?

चिन्ताबाट बच्ने केही उपायहरुः
१. चिन्ता हुनको मुल कारण हो, आफुले सोचे अनुसारको वा मेहनत गरे अनुसारको काम नबन्नु । यस्तोमा मानिस अनावश्यक चिन्तामा डुब्ने गर्दछन् । यस्तोमा कुनै कुरा गुमेको चिन्ता छ भने त्यसलाई स्वीकार गर्नु पर्दछ । सत्य स्वीकार गरे चिन्ता क्रमशः कम हुन्छ ।

२. चिन्ता हटाउने अर्को उपाय हो, बढि भन्दा बढि मानिससंग घुलमिल हुनु । चिन्ता र तनाव भएको बखत एक्लै घोरिएर बस्नुको सट्टा साथीभाइसँग घुलमिल भएमा यसले तनाव कम गर्दछ । त्यसैले सकेसम्म मानिसहरुमा समय दिनु राम्रो हुन्छ ।

३. चिन्ता कम गर्न अर्को उपाय हो, बेस्कन हाँस्ने । बेस्कन हाँस्दा शरीरमा खुशी बनाउने हर्मोन बढ्छ र चिन्ता दिलाउने हर्मोन घट्छ । तसर्थ, बिहान–बेलुका बेस्कन हाँस्ने गर्नुपर्छ ।

४. शारीरिक श्रम गर्ने मानिसमा भन्दा श्रम नगर्ने मानिसमा स्ट्रेस हर्मोन बढ्दछ । त्यसैले तनाव कम गर्न शारीरिक बलको काम गर्ने साथै सकेसम्म पैदल हिड्ने बानि बसाउने ।

५. श्रम नगर्नेहरुले चिन्ता कम गर्न व्यायाम गर्नु पर्दछ । नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हर्मोन कम गरिदिन्छ ।

६. प्राणायाम एउटा यस्तो, श्वासप्रश्वासको विधि हो । जहाँ गहिरो सास लिने र फाल्ने, फोक्सोभरि सास भर्ने र फाल्ने गरिन्छ । यसले समग्र शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ र तनाव स्वतः कम हुँदै जान्छ । तनाव कम गर्न अनुलोमविलोम, कपालभाँती, भस्तृका, भ्रामरीजस्ता प्राणायाम गर्नु पर्दछ ।

७. तनाव कम गर्न रमाइला वा मनलाई आनन्दित पार्ने गीत सुन्न पनि सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर