जीवन विकास लघुवित्तलले असार ११ गतेबाट प्राथमिक साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कस्तो छ संस्थाको वित्तिय अवस्था ?

संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा हाँसिल गर्न सफल भएको देखिन्छ । गत बर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँमा सिमित थियो ।

तेस्रो त्रैमास सम्ममा संस्थाले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ भने १ अर्ब ३० करोड रुपैयाँ सञ्चालन मुनाफा हासिल गरेको देखिन्छ ।

४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आईपिओ निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah