आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार हुने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १३ सय रुपैयामा कारोबार हुने महासङ्घले जनाएको छ ।