झापाको दमकको वडा नंं १ मा पुन मतगणना हुने भएको छ । अध्यक्ष पदमा मात्र पुन मत गणना हुने भएको हो । नेकपा एमालेका हरी न्यौपाने र राप्रपाका तारा अधिकारीको बराबारी मत आएको थियो ।
बिहानै मत गणना भइसकेपनि बराबरी आएपछि अहिलेसम्म आधिकारीक रुपमा मत परिणाम बाहिर ल्याइएको छैन । अन्य सबैमा एमाले प्यानल नै अगाडि र
हेको बताईएको छ । अधिकारी र न्यौपाने ८ सय १ मत ल्याएका थिए ।
त्यसपछि बसेको सर्वदलिय बैठकले पुन मतगणना गर्ने निर्णय गरेको त्यहाँ रहेका एक निर्वाचन अधिकृतले सवाल नेपाललाइ जानकारी दिएकाछन् । वडाध्यक्षको मात्र पुन गणना हुनेछ । गणना हुँदा त्यहाँ दूइ राजनीतिक दलका प्रतिनिधि मात्र हुनेछन् ।
बिहान अधिकारी बिजय भएको भनेर राप्रपाका शिर्ष नेताहरुले फेसबुकमा हालेका थिए । त्यसैलाइ आधार बनाएर समचारहरु समेत आएका थिए ।
मत परिणाम बराबरी भएपछि बिजय जूलसमा निस्केका राप्रपाका कार्यकर्ताहरु अन्योलमा परेकाछन् ।



