झापाको दमक नगरपालिकामा वडा नं. १ को प्रारम्भिक मत परिणाम आउन थालेपछि एमाले बाहेकका बिभिन्न राजनीतिक दलहरुले तत्काल मत गणना रोक्नका लागि माग गरेकाछन् । उनिहरुले मत गणनास्थलमा रहेका सबै निर्वाचनका कर्मचारीलाइ एमाले भएको आरोप समेत लगाएकाछन् ।
दमकको वडा नं. १ मा राप्रपाका मेयरका उम्मेद्वार राम थापा र माओबादी केन्द्रका मेयरका उम्मेद्वार गगन पुरीले आफूले राम्रो मत ल्याउने तथा लिड गर्ने अपेक्षा गरेका थिए । यहाँ एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले १ सयमत भन्दा बढिले लिड गरिरहेकाछन् ।
बिहान एकाएक वडा नं. १ मा राप्रपाका तारा अधिकारीले वडाध्यक्षमा बिजय हासिल गरेको सार्वजनिक भएको थियो । त्यसको निर्वाचन आयोगले पुष्टि नै गरेको थिएन तर त्यो एकाएक भाइरल बन्यो ।
बिजय जुलुश शुरु गरिसकेको अवस्थामा बराबारी मतमरिणाम भएको फेरी सार्वजनिक भएपछि तनाव शुरु भएको थियो । राप्रपाका वडाध्यक्षका उम्मेद्वार अधिकारी र एमालेका वडाध्यक्षको उम्मेद्वार हरी न्यौपानेले ८ सय १ मत ल्याएकाछन् ।
दमक नगरपालिका कार्यालय अगाडि मत परिणाम सुन्नका लागि ठूलो भिड बसिरहेको छ । निर्वाचन अधिकृतले हिजो साँझपछि बिहान ११ बजेसम्म पनि कुनै प्रकारको मत परिणाम सार्वजनिक नगरेको भन्दै आक्रोश बिहानै देखि रहदै आएको थियो ।
अहिले पनि मतगणनास्थल बाहिर ठूलो भिड रहेको छ । सुरक्षा ब्यवस्था कडा बनाइएको छ भने पत्रकारलाइ प्रवेसमा रोक लगाईएको छ । यसको पत्रकारहरुले पनि बिरोध गरेकाछन् ।



