साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४७.४९ अंक घटेर २८२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६६ अंक बढेर २८३५.६७ विन्दुमा पुगेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार प्रि ओपन सेसनमा ३७ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।