नाइजेरिया (एजेन्सी) – तस्वीरमा देखिएका एक युवक र ६ युवती अहिले भाइरल छन्। सामाजिक सञ्जालदेखि विश्वका सबैजसो सञ्चारमाध्यमहरूमा यो तस्वीर छापिएको छ। यति बुझ्नुस्, यी सबै युवती तस्वीरमा देखिएका व्यक्तिकै प्रेमिका हुन्। यी व्यक्ति हुन् नाइजेरियाका प्रिटी माइक।

कलाकार समेत रहेका माइकले ‘स्टन्ट किङ’ भनेर पनि परिचय बनाएका छन्। नाइजेरियाका सर्वाधिक विवादमा आउने माइकलाई ‘फलो’ गर्ने युवती धेरै छन्। त्यसमध्ये पनि उनी ६ जनासँग सम्बन्धमा छन्। यी सबै युवतीलाई उनले नै गर्भवती बनाएका हुन्।

माइक इजी न्वाली न्ओगु अर्थात् प्रिटी माइक आर्थिक रुपमा सम्पन्न छन्। र, उनले युवतीका लागि लाखौं पैसा खर्च गर्ने सामर्थ्य राख्छन्। ‘लागोस नाइट क्लब’का सञ्चालक माइक अन्य कुराका पनि शौखिन छन्। उनको रोजाइमा विदेशी ब्राण्डका कपडा र विश्वका थोरै मान्छेले चढ्ने महँगा कार पर्छन्।

माथि प्रस्तुत तस्वीर गएको नोभेम्बर महिनाको हो। माइक कलाकार विलियम्बस उचेम्बोको वैवाहिक समारोहमा पुगे। त्यो पनि ६ जना गर्भवती प्रेमिकाका साथ।

विवाहमा सरिक हुन पुगेका ६ जनै गर्भवती प्रेमिकालाई सद्भावपूर्ण व्यवहार गरे। र, गर्भावस्थाको पेट सुम्सुम्याए। त्यति मात्रै होइन, ६ जना गर्भवती प्रेमिकासहित आफ्नो तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन्। र, माइकले भनेका छन्, ‘हामीहरू निकै उत्कृष्ट जीवन बिताइरहेका छौं।’

केही वर्षअघि नाइजेरियाको राजधानी अबुजाबाट माइक पक्राउ परेका थिए। युवतीहरूलाई सडकमा घुँडा टेक्न लगाएर परेड खेलाएपछि पक्राउ परेका माइक केही सातापछि रिहा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah