काठमाडाैं । नेपालमा मात्रै हाेइन विश्वमै रूनलाई नकारात्मक रूपमा लिइन्छ । अर्थात् कुनै पनि पीडा वा दुःखका बेलमा मात्र रूने गरिन्छ भन्ने अधिकांशकाे बुझाइ छ । तर हामी रूदा आँखाबाट झर्ने आँसुले हामीलाई फाइदा पनि गर्छ भन्नेबारेमा धेरैकाे चासाे गएकाे पाइदैन।
भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित पनि गरिने गरेकाे पाइन्छ । तर यसमा सत्यता नभएकाे अनुसन्धानले देखाएकाे छ ।
जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेतकाे रूपमा लिनुपर्छ ।
जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान ? न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो बानीकाे रूपमा लिनुपर्छ ।
भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई हटाउन सकिरहनुभएकाे छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्न खाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।
हामी रूदा आँखाबाट झर्ने आँसुकाे माध्यमबाट हाम्राे शरीरमा भएका नकारात्मक तत्व तथा बीषालु पदार्थलाई बाहिर निकाल्ने गर्दछ, जसबाट हाम्राे दिमाग स्वस्थ र हल्का हुने गर्दछ । एजेन्सीकाे सहयाेगमा



