हिजो आइतबार २०० ले बढेको सुनको मूल्य आज भने नेपाली बजारमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।