असार २२ गते, मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यस दिन ९१ हजार ३०० रुपैयाँ पुगेको छ।

महासंघले यस दिनको लागि चाँदीको मूल्य १ हजार ३०० रुपैयाँतोकेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।