आकर्षक हुन कसलाई रहर छैन। यसका लागि धेरै पर्यत्न गरिन्छ। राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने। ठूला कुरामा ध्यान दिने पुरुषहरु सदा सानातिना कुरामा चुक्छन्। जसले गर्दा महिलालाई आकर्षित गर्नुका साटो विकर्षित गर्छ।

विना क्रिम सेभिङ
दाह्रीजुँगासँग धेरै पुरुषको ‘दोस्ती’ हुँदैन। बरु आयो कि फालिहाल्नुपर्ने शत्रुवत् व्यवहार हुन्छ। त्यसैले धेरैको दिनदिनै दाह्री काट्ने बानी हुन्छ। दिनदिनै दाह्री काट्नेले सधैँ क्रिम लगाउन झन्जट मान्छन्। कहिलेकाहिँ यत्तिकै दाह्री काट्छन्। यसले छालाको बाहिरी पत्र प्रभावित हुन्छ। जसले गर्दा अनुहारको चमक घट्छ।

नाक र कानमा ‘नो’ ध्यान
चिटिक्क कपाल र उस्तै दाह्री बनाउँछन्। तर, गुफाबाट निस्किेको झारजस्तो नाकमा रौं हुन्छ। कानमा पनि त्यस्तै, खडेरी परेको समयमा भीरमा उम्रेको घाँसजस्तो रौंको अवस्था। आँखा यस्तो चिज हो जसले भित्ता होइन, त्यसमा भएको दाग देख्छ। हो त्यस्तै अरुले पनि चिटिक्क पारेको कपाल र दाह्रीमा होइन, त्यतैतिर ध्यान दिइरहेका हुन्छन्। जसले अरुको आँखामा आकर्षक देखिने सपना चकनाचुर पारिरहेको हुन्छ।

कपालको वेवास्ता
अधिकांस पुरुषको कपाल छोटो हुन्छ। नुहाउने समयमा ‘छोटो कपाल त हो’ भन्दै स्याम्पू खोज्ने झन्जटबाट उम्किन शरीरमा दल्ने साबुनले काम चलाउने गर्छन्। जसले गर्दा कपालको चमक घट्ने त छँदैछ, चायाँ समेत निम्त्याउँछ। नुहाएर जाँदा पनि चिटिक्क पारेर लगाएको लुगाको घाँटीको कलरमा चायाँ टल्किन्छ। जसले गर्दा अरुको नजरमा आकर्षण घटिरहेको हुन्छ।
फुलेको कपाल उखेल्ने

उमेरसँगै कपाल फुल्दै जान्छ। कतिपयको उमेर नपुगेरै फुल्न सक्छ। पुरुषहरुले फुलेको कपाल बुढ्यौलीको संज्ञा ठान्छन्। त्यसैले समय मिल्यो कि फुलेका कपाल पन्छाउन खोज्छन्। यही गल्तीले उनीहरुलाई दोहोरो हानी गर्छ। एउटा फुलेको कपाल वरिपरिका कपाल प्रभावित भएर भविष्यमा तक्लु नै हुने र अर्काे तनावले झन् धेरै कपाल फुल्ने हुन्छ।

नङ नकाट्ने
पुरुष कम सौन्दर्यप्रेमी हुन्छन् ! यो गलत हो, साना कुरामा पो रुची राख्दैनन् त। जस्तो नङ सजाउनु, ओठ चिल्लो राख्नु र आँखी भौँ सम्याउनु। तर, सबभन्दा ठूलो गल्ती यहीँनेर गरिरहेका हुन्छन् कि हात र खुट्टाको नङ आधा पहेँलो नहुन्जेल काट्दैनन्। यी पनि अरुका आँखा चाँडै पर्ने ठाउँ हुन्। त्यसैले ह्यान्डसम बन्ने सपनाको बाधक यो बानी पनि हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah