तुलसीपुर (दाङ), १६ असार । यहाँको पछिल्लो विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकामा एमालेका नगरप्रमुख पदका उम्मेदवार घनश्याम पाण्डेले २०९४ मत, नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १६३१ मत र माओवादीका शेषुराम भण्डारीले २९६ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुख पदमा एमालेका मायाँ आचार्यले १९९९ मत, नेपाली काँग्रेसका देवीका नेपालीले १७१९, र माओवादीका सीता वलीले ३०८ मत प्राप्त गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
त्यसैगरी घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २०५४ मत, नेपाली काँग्रेसका भूपबहादुर डाङ्गीले ११८६ मत र माओवादी केन्द्रका जीवन गौतमले ५३७ मत प्राप्त गर्नुभएको छ । रासस