कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नगर दाङको लमहीमा उनकै भतिज डिल्लीबहादुर खड्कालाई अहिले सम्म जम्मा ३ मत आएको छ।
दाङमा खुमबहादुरका नाममा जवरजस्त गर्ने भतिजको विजोग भएको हो । पटक पटक उमेदवारी नदिन आग्रह गर्दा नमानेका डिल्लीबहादुरलाई कुनै पनि हालतमा भाृेट नदिन खुमबहादुरले आन्तरिक सर्कुलर गरेका थिए ।
पार्टीले टिकट नदिएको भन्दै डिल्लीबहादुरले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। सबैलाई समेट्नु पर्ने भन्दै खड्काकै दवाबमा जोगराज चौधरीलाई टिकट दिइएको थियो ।
नगरका १ र २ को पछिल्लो मत परिणामअनुसार यहाँ कांग्रेसकै उम्मेदवार जोगराज चौधरी ७ सय ९ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका मेयर उम्मेदवार कुलबहादुर केसीको भने ५ सय ६९ मत आएको ल्याउकाछन् ।



