झापाको दमकमा एमालेले गिता अधिकारीलाइ उम्मेदवारी दिइरहदा बिभिन्न अड्कल बाजिहरु चलिरहेका थिए । नयाँ राजनीति बाहिरको मान्छे र चर्चा नरहेको ब्याक्तिलाइ ल्याइयो भनेर पनि निक्कै बहस भयो । तर प्रारम्भिक मत परिणाममा उनको मत राम्रो आएको देखिएको छ ।

काँग्रेसकी उपमेयरकी उम्मेदवार रेगिना भट्टराइ गिता अधिकारीलाइ चुनौती हुन् । १ नम्बर वडामा भट्टराइले पछ्याएकी थिइन् । अहिले भने राप्रपाकी उपमेयरकी उम्मेदवार रीता श्रेष्ठले पछ्याउन शुरु गरेकी छन् । अवडा नं. २ को बिहान सम्मको मत परिणाम अनुसार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले गीता अधिकारी ४९३

राप्रपा रीता श्रेष्ठ ३४८

काँग्रेस रेगिना भट्टराई ३१७

माओबादी शान्तिदेबी धिमाल १७६

अहिले राप्रपाको पकड मानिएको क्षेत्रमा राप्रपा उपमेयर रीता श्रेष्ठको उत्साह जनक मत रहेको छ । तर अधिकारीको अग्रता बढाउने क्रम जारी रहेको छ । तर यो प्रारम्भिक नतिजामात्र भएकाले यसै भन्न सक्ने अवस्था भने अहिल्यै नै छैन ।