केराबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने-केराबारी-भोगटेनी-सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । बुधबार (हिंजो)देखि सुरु भएको सडक सफाइको काम एक हप्तासम्म चल्ने केराबारीका वाइसिएल इन्चार्ज खगेन्द्र सुवेदीले जानकारी दिए ।
सडक सफाइमा वाइसिएलमा आबद्ध ५० भन्दा बढी युवाहरुले निःशुल्क काम गरिरहेका छन् । जनश्रमदान कार्यक्रम उदारणीय र उर्जाशीर रहेको सो क्षेत्रका सांसद तथा माओवादी नेता कुशल लिम्बूले बताए ।
सडक सफाइ अभियानमा नेता लिम्बूसहित, माओवादी केन्द्र केराबारी गाउँपालकिा अध्यक्ष राम कार्की, वाइसिएल मोरङका उपाध्यक्ष राजवि लम्बिू, ,सचवि नबनि गुरुङ, सह-सचवि योगेन लम्बिू, उर्लाबारी नगरका वाइसिएलका नेताहरु देबेन्द्र खड्का, हरसि चन्द्र दुलाल, अनलि साहुलगायतको सहभागीता छ ।



