मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।