विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

सो पार्टीबाट प्रमुखका उम्मेदवार भीम पराजुलीले एक हजार सात सय ४५ मत, नेकपा एमालेका विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले एक हजार पाँच सय नौ, नेकपा माओवादी केन्द्रका नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले छ सय ८५ मत प्राप्त गरेका हुन् ।

१९ वटा वडा रहेको विराटनगरमा यतिखेर १, २, ३, ४, १७ र १८ नं वडाको मतगणना भइरहेको छ । रासस