आज विहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबारको तुलनामा आज ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज तेजावी सुन ९१ हजार ३०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।