दार्चुला । स्थानिय तहको निर्वाचनमा दार्चुलामा काँग्रेसले राम्रो पकड जमाएको छ । ९ वटा स्थानिय तहमध्ये मतगणना सकिएको ६ तहमा काँग्रेसले ३ तहमा विजय हासिल गरेको छ ।

दुईमा एमाले विजयी भएको छ भने एकमा माओवादी केन्द्र विजयी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६ वटामा काँग्रेसले शैलशिखर र महाकाली गरि दुईवटा नगरपालिका सहित मालिकाअर्जुनमा विजयी भएको छ ।

लेकम र अपि हिमाल गाउँपालिकामा एमाले विजयी भएको छ भने मार्मा गाउपालिकामा माओवादी विजयी भएको छ ।

मतगणना भइरहेका वाँकी ३ मा काँग्रेस दुई गाउँपालिकामा अगाडी रहेको र १ मा एमाले अगाडी रहेको छ।