केबि महरा/ कैलाली
: जिल्लाको चुरे गाउँपालिका वडा नम्बर -६ ले किसानहरुका लागि विभिन्न किसिमका फलफूलका बिरुवाहरु वितरण गर्ने भएको छ ।
फलफूलका बिरुवाहरू मध्ये आँपका बोट=५००, कटहर =१००बोट, कागती ८०० बोट र लिचि ५०० गरी जम्मा १९ सय बिरुवा वितरणका लागि ल्याइएको वडा अध्यक्ष प्रेम साउदले जानकारी दिएका छन् ।
वडा भित्रका प्रतिपरिवार २ बोटका दरले बिरुवा वितरण गरिने अध्यक्ष साँउले बताएका हुन्।
उक्त बिरुवा दुई लाख लागतमा खरिद गरिएको हो ।ल्याइएका विरुवाहरु आजैबाट( श्रावण ७) बाट बगैचुला स्थित उपयुक्त स्थानबाट वितरण थालिने भएको छ ।










