आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । विहिबारको तुलनामा आज सुनको मुल्य ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार भएको सुन आज ९२ हजार १ सय रुपैयाँमा कारोबार हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज तेजावी सुन ९१ हजार ६०० रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

बिहिबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीमा आज प्रतितोला १० रुपैयाले बढेर १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।