आँखामा आनो आउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यसो हुँदा आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ । यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पु–याउँछ ।

केही मानिसलाई सानो समस्या भनेर बेवास्ता गर्छन् तर त्यसो गर्नु हुँदैन । समयमै यसको उपचार गर्नुपर्छ । आनोको समस्या हटाउनका लागि हामीहरू केही घरेलु उपाय बताउँदैछौं ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आँखामा आनोको लक्षण

पीडा र सुन्निने

आँसु आउने

आँखामा कचेरा बन्ने

चिलाउने

घरेलु उपाय

इमलीका बिउ

इमलीको बिउलाई दुई दिनसम्म पानीमा भिजाउनुस् । अनि त्यसलाई चन्दनजसरी आनोमा लेप्नुस् । आनो दुई दिनमै ठीक हुन्छ ।

बेसार

पानी तताएर त्यसमा अलिकति बेसार हाल्नुस् । त्यसलाई कपडामा भिजाएर आँखा सेक्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा समस्या समाधान हुन्छ ।

अम्बाका पात

अम्बाका चारवटा पातलाई पानीमा मज्जाले उमाल्नुस् । त्यसपछि त्यो पानीलाई मनतातो बनाएर आँखा सेक्नुस् । दिनमा दुईतीनचोटि सेक्दा आराम पाउनुहुनेछ ।

घिउकुमारी

घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।

त्रिफला चूर्ण

आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ ।

एजेन्सी