पाल्पाको पूर्वखोला गाउँपालिकामा एमाले विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा एमालेका नुनबहादुर थापाले ५ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झमनबहादुर राजमगरले १ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि एमालेकै भागिरथी शर्मा भट्टराईले ५५३१ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा गाहाले १ हजा ७ सय ४३ मत प्राप्त गरेकी छन् ।
तेब्बर मतको अन्तरमा हारजित भएको यो पहिलो गाउँपालिका हो ।



