हामीले चलचित्रमा अथवा वास्तविक जीवनमै पनि मानिसको एक समूह र अर्को समूहबीच सामूहिक झडप ‘ग्याङ फाइट’ भएको देखेका छौं।

तर थाइल्यान्डमा भने सयौं बाँदरबीच ग्याङ फाइट भएको छ। बाँदरको एक समूह र अर्को समूहबीच बिच सडमै झगडा परेको देखिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँदरहरु एकअर्काविरुद्ध झडपमा उत्रिएपछि सडक नै केहीबेर अवरोध भएको इन्डियन एक्सप्रेसले जनाएको छ।

यो घटनाको भिडिओसमेत सार्वजनिक भएको छ जहाँ बाँदरहरु दुई समूहमा देखिएका छन्। उनीहरु एकअर्काविरुद्ध उत्रिएको प्रस्ट देख्न सकिन्छ।

यो घटनाको भिडिओ सार्वजनिक भएसँगै भाइरल बनेको छ। इन्टरनेट प्रयोगकर्ताले रमाइला प्रतिक्रियाहरु दिइरहेका छन्।

हेर्दा सबै एकै देखिए पनि उनीहरुले आफ्नो समूहका बाँदर कसरी पहिचान गर्छन् भनेर मानिसहरुले प्रश्न गरिरहेका छन्।

(भिडिओ)

https://youtu.be/BuyOasqbczg