अर्थ/बजार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण १५, ११:२५

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार हुँदै छ ।

आज तेजाबी सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

विहिबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार