दमक/झापाको दमकमा मतगणना नरोकिएको र अहिले तिब्र गतिमा भइरहेको बताईएको छ । दमकको वडा नं. १ मा बराबरी भएर देखिएको बिबादको राजनीतिक दलहरुले सहजता पूर्वक साबधान खोज्दै बराबरी भएका राप्रपा र एमालेको वडाध्यक्षको मत गन्ने सहमति अनुसार गणना शुरु भएको बताईएको छ ।
राप्रपाका ताराप्रसाद उप्रेतीले र एमालेका हरी न्यौपानेले ८ सय १ ल्याएका थिए । त्यहाँ अध्यक्षको पुन मतगणना शुरु भएको नेकपा एमालेका प्रदेश सदस्य देबेन्द्र दाहालले फेसबुक मार्फत जानकारी दिएकाछन् ।
त्यसपछि सर्वदलिय बैठक बसेर अध्यक्षको मत फेरी एकपटक गन्ने सहमति भएको थियो । आज केहि समय त्यहि बिषयमा छलफल पनि भएको थियो । अहिले दमकमा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको जनाईएको छ । उप्रेती या न्यौपाने वडाध्यक्ष बन्ने हुन अहिले यसमा दमकबासीहरुको ध्यान केन्द्रित भएको छ ।



