चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार निशान्त शर्मा १ हजार ९ सय ६ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापाले १ हजार ९ सय ३ मत ल्याए ।

थापाभन्दा शर्माले ३ मत बढीले जित हासिल गरे । त्यसै गरी, उपप्रमूखमा एमालेकी सुष्मा राईले २ हजार ७३ मतसहित विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी खिला आलेमगरले १ हजार ९ सय ६९ मत पाइन् ।

निकै कडा प्रतिस्पर्धा भएको यस गाउँपालिकामा कांग्रेसबाट प्रमूखका उम्मेद्वार टेकराज भट्टराईले १ हजार ८ सय ४ मतमा चित्त बुझाए । जम्मा आठ वडामा तीन वडामा एमाले, तीन वडामा माओवादी र दुई वडामा कांग्रेस विजयी भएका छन् ।

वडा नं. १ मा माओवादी केन्द्रका उषक कटुवाल, २ मा माकेकै नरेन्द्र बस्नेत, ३ मा कांग्रेसका गागा श्रेष्ठ, ४ मा माओवादी केन्द्रका हिमाल राई, ५ मा कांग्रेसका प्रकाश कार्की र ६, ७, ८ मा क्रमश: एमालेका कृष्णबहादुर केप्छाकी, तुलविक्रम श्रेष्ठ, केशरबहादुर बस्नेत विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah