मागीगी विवाह होस् वा प्रेम विवाह, भनिन्छ जोडि स्वर्गमा नै बन्ने गर्दछ र यदि तपाईंकी आमा तपाईंको जीवनको यो नयाँ मोडमा तपाईंको मार्गनिर्देशक बन्नु हुन्छ भने तपाईंको जीवन निकै सजिलो हुनेछ ।
तपाईंको आमाको सहि मार्गनिर्देशनले तपाईंको श्रीमान् र सासू खुसी हुने छन् । यहाँ विवाहसँग जोडिएका त्यस्ता गोप्य कुराको बारेमा बताइएको छ जसलाई प्रत्येक आमाले आफ्नी छोरीसँग बाँड्न आवश्यक छ ।

१. कुनै पनि सम्बन्धमा सकारात्मक तरिकाले प्रवेश गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस्
स्नेह, निस्वार्थता र कृतज्ञतालाई आफ्नो गहना बनाएर नयाँ सम्बनधमा प्रवेश गर्नुपर्ने कुरा विवाह हुन लागेकी छोरीलाई आफ्नी आमाले सिकाउन आवश्यक छ । यदि यस्तो गुण तपाईंमा छैन भने अब तपाईंले आफ्नो नयाँ कदममा पुनर्विचार गर्नुपर्ने हुन्छ । एक्लै हुने डर अथवा कुनै सामाजिक दबाबको कारण कसैको सम्बन्धमा रहनु ठिक होइन । नयाँ सम्बन्धलाई वास्तविक मायासँगै स्विकार गर्नुपर्ने हुन्छ ।

२. प्रेमको परिक्षण नगर्नुहोस्
यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने त्यसलाई पुष्टि गर्नको लागि उनलाई आगोसँग खेल्न आदेश दिनुहुन्छ ? कसैको प्रेमको परिक्षा लिनु भनेको आगोसँग खेल्नु बराबर हो । एक प्रकारले यो कसैको डर र असुरक्षाको प्रतिक हो । छोरीहरुलाई आफूमाथि, आफ्ना श्रीमानमाथि र आफ्ना सम्बन्धमाथि बिना कुनै शर्त विश्वास राख्नुपर्ने शिक्षा दिन आवश्यक छ । यसले उनी एक स्वच्छ सम्बन्ध बिस्तारको लागि तयार हुनेछिन् । आफ्नो जिन्दगी, कोही अर्को व्यक्तिसँग बाँड्ने सोच थोरै डराउने किसिमको हुन्छ तर के यो जीवनको यात्रामा पाइने पुरस्कार होइन ?

३. प्रेमलाई भित्रैबाट प्रष्फुटित हुन दिनुहोस्
तपाईं अरुलाई त्यतिबेलासम्म माया र सम्मान दिन सक्नुहुन्न जबसम्म तपाईं स्वयंलाई माया र सम्मान दिनुहुन्न । विवाहपछि तपाईं आफ्ना सासू–ससूरासँग एउटा नयाँ घरमा बस्नुहुन्छ तर उनीहरुसँगको तपाईंको सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंले केहि कुराहरु आफ्नो लागि नभई आफ्नो परिवारका लागि पनि गर्नुपर्ने हुन्छ । कहिलेकाँही आफूलाई कम महत्व दिएर उनीहरुलाई बढि महत्व दिनुपर्ने हुन्छ । चिन्ता नगर्नुहोस्, यदि तपाईंको मनैदेखि उनीहरुप्रति प्रेम जागृत भइरहेको छ भने उनीहरुको जीवनमा वसन्त ल्याउन तपाईंलाई कसैले रोक्न सक्दैन ।

४. प्रेम र सास फेर्ने ठाउँ दिनुहोस्
प्रत्येक सम्बन्ध झाँगिन समय र व्यक्तिगत स्थानको आवश्यकता पर्ने गर्दछ । आफ्नी छोरीलाई यो विषयमा ज्ञान दिनुहोस् कि उनले आफ्ना श्रीमानलाई सास फेर्नको लागि ठाउँ दिउन् । आफ्नी छोरीलाई उनको रुची र सोखहरुलाई जीवित राख्ने कुरा सिकाउनुस् । यसका साथसाथै उनलाई साथीहरुसँग समय बिताउन र कहिले काँही एक्लै समय बिताउनुपर्ने कुराहरु पनि सिकाउनुहोस् । उनलाई आफू पूर्ण भएको अनुभव हुन आवश्यक छ । रोमान्टिक मायाको लागि धेरै स्थान हुने गर्दछ ।
५. आत्मिक विकास
एउटी आमाले आफ्नी छोरीलाई त्यस्तो आहार दिनुपर्ने हुन्छ जसमा आत्मसम्मान र अत्मविश्वासको मात्रा अत्यधिक होस् । तपाईंको आत्मविश्वासले तपाईंलाई विवाहपछि पनि परिवर्तन हुनुपर्ने वातावरण सृजना गर्दैन । आफ्नी छोरीलाई सिकाउनुस् कि यदि कसैले तपाईंलाई परिवर्तन गर्ने प्रयत्न गर्छ भने ती व्यक्ति तपाईंको सच्चा मित्र हुनै सक्दैन । छोरीहरु याद गर्नुहोस्, यदि तपाईं आफैँलाई विश्वास गर्नुहुन्न भने तपाईंलाई अरु कसैले पनि विश्वास गर्दैन ।
६. तपाईंको शरिर केवल इच्छापूर्तीको लागि मात्र होइन
प्रत्येक आमाले आफ्नी छोरीलाई आफ्नो शरिरलाई माया गर्न सिकाउन आवश्यक छ जुन आत्मसम्मान सिक्ने जस्तै छ । तपाईंको शरिरलाई खुसीको आवश्यकता हुन्छ । यो उपयोग गर्नको लागि मात्र बनेको होइन । यदि तपाईं उनलाई यस्तो कुराहरु सिकाउनु हुन्न भने अरु कसले सिकाउँछ ? आफ्नी छोरीको जीवनसाथीले उनलाई माया नगरी त्यसको उपभोग मात्र गरिरहेको छ कि साँच्चै माया र केयर गरेर देखभाल पनि गरिरहेको छ भन्ने कुराको ज्ञान दिनुहोस् । यो विषयमा सकारात्मक कुरा गर्नाले उनले आफैँ यो विषयमा पहल गर्नेछिन् ।

७. विवाहको अर्थ समर्पण नभई क्षमा हो
विवाह पछिको केहि महिना निकै चुनौतीपूर्ण हुने गर्दछ । विशेष गरि मागी विवाह गरेका महिलाहरुका लागि । आफ्नो कमी कमजोरीलाई स्विकार गर्नुपर्ने सिकाउनुपर्ने हुन्छ जसले तपाईंको छोरीले आफ्ना श्रीमानलाई सजिलै सँग अपनाउन सक्छिन् । आफ्नो कमी कमजोरी थाहा पाएकी तपाईंकी छोरीले कुनै पनि मानिस शत प्रतिशत गुणी हुन सक्दैन भन्ने बुझिसकेकी हुन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय