हरेक मान्छेलाई सुन्दर देखिने मन हुन्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन धेरैले धेरैथरीका उपाय अपनाउँने गरेका छन् । सुन्दर देखिन थुप्रै खर्च गर्ने मानिस पनि थुप्रै छन् ।

जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।

सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ।

तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?

अमला, कागती र भेडेखुर्सानी

भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ

बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

सी फूड, गेडागुडी र प्याज

जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

ओखर र सोयाबिन

ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।

 

र यो पनि

सुन्दर देखिन यसरी लगाउनुस् लिपिस्टिक

धेरै महिलाको व्यागमा मेकअपका सामग्री हुन्छन्। जसमध्ये एउटा हो लिपिस्टिक। लिपिस्टिक मिलाएर लगाए सुन्दरता नै थपिदिन्छ। तर मिलाएर लगाइए भने फसाद परिन्छ।
त्यसैले सधै लिपिस्टिक लगाउने तरिकामा ध्यान दिनुपर्छ।

सबैभन्दा पहिले लिपिस्टिक लगाउँदा ओठ सुख्खा वा फोटेका छन्, छैनन् भनेर ध्यान दिनुपर्छ। नत्र फुटेका ओठमा भित्रसम्म लिपिस्टिक गएर ओठको सुन्दरता नै विग्रन सक्छ। यस्तो अवस्थामा ओठमा लिप बाम वा ग्लिसरीनलगायर मात्र लिपिस्टिक लगाउनुपर्छ। यस्तो गर्दा फाटेका ओठमा पनि लिपिस्टिक सुन्दर देखिन्छ।

लिपिस्टिक लगाउनुभन्दा पहिले ओठमा लिप पेन्सिलले आउटलाइन वा शेडलाइन बनाउनुपर्छ। यसले ओठको आकारलाई क्लियर गरिदिन्छ। र, यस्तो गर्दा लिपिस्टिक थप आकर्षक देखिन पुग्छ।

लिपिस्टिक लगाउँदा एकै कोट लगाउनु हुँदैन। यस्तो गर्दा लिपिस्टिकको रंग चाडै फिक्का बन्न पुग्छ। त्यसैले लिपिस्टिक लगाउँदा दुईरतीन कोट लगाउनुपर्छ। अर्को कुरा लिपिस्टिक लगाउँदा मेरो अनुहार र पहिरनको कलरसँग कुन कलरको लिपिस्टिक मेल खान्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

लिपिस्टिकको एक कोट लगाएर हल्का पाउडर लगाउनुस्। यस्तो गर्दा लिपिस्टिक पुरै सेट हुन पुग्छ। यस्तो अवस्थामा लिपिस्टिकको कलर फिक्का भयो भने एक कोट अरु लगाएर गाढा बनाउन सकिन्छ। यसले गर्दा लिपिस्टिकको कलर धेरै बेरसम्म गाडा भइराख्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah