नेकपा (एमाले )ले धनकुटा जिल्लाको सातै तहमा विजय हासिल गरेको छ । दुई नगरपालिका र पाँच गाउँपालिकामा प्रमुख र उपप्रमुख बिजयी गराएर एमालेले जिल्लालाई लालकिल्ला वनाएको हो ।

निर्वाचन आयोगको प्रारम्भिक नतिजा अनुसार विपक्षीलाई चक्मा दिँदै एमालेले आफ्नो वर्चस्व कायम गरेको हो । सुरुदेखि नै एमालेका उम्मेदवारहरुले अग्रता लिएको यहाँका स्थानीय तह मध्ये पाख्रिवास नगरपालिका प्रतिपक्षविहिन अवस्थामा पुगेको छ । अन्य पार्टीको घेरावन्दी तोड्दै एमालेले विजय हासिल गरेपछि नेता तथा कार्यकर्ता थप उत्साहित भएका छन् । धनकुटाका जम्मा ६० वडा मध्ये ४६ मा एमालेका उम्मेदवार विजयी भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धनकुटामा एमालेले जितेको स्थानीय तह र नामः धनकुटा नगरपालिका चिन्तन तामाङ (मेयर) शकुन्तला बस्नेत (उपमेयर) खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका मनोज राई (अध्यक्ष) रत्नश्वरी राई (उपाध्यक्ष ) महालक्ष्मी नगरपालिका पर्शुराम नेपाल (मेयर) मञ्जु अधिकारी (उपमेयर) पाख्रीवास नगरपालिका बिर्खबहादुर राई (मेयर) देवकला तिम्सिना (पौडेल) चौविसे गाउँपालिका खजिन्द्र राई (अध्यक्ष ) यज्ञकुमारी रुचाल (उपाध्यक्ष) छथर जोरपाटी गाउँपालिका शेरबहादुर लिम्बू (अध्यक्ष) भीमकला श्रेष्ठ (उपाध्यक्ष ) साँगुरीगढी गाउँपालिका कुमारजंग याखा (अध्यक्ष ) विन्द्रा राई (उपाध्यक्ष)