काठमाडौं– केही वर्षदेखि मुखको क्यान्सरबाट पीढित हुनेहरुको संख्या बढिरहेको छ ।
सूर्तीजन्य पदार्थका कारण मुखको क्यान्सर हुन्छ भन्ने हाम्रो आम सोचाइ छ ।
यद्यपि, सूर्तीजन्य पदार्थको सेवनले मात्र मुखको क्यान्सर हुन्छ भन्ने हुँदैन ।
मुखको क्यान्सर अर्थात ओरल क्यान्सर जो कोहिलाई पनि हुन सक्छ र यसको सबैभन्दा ठूलो कारण प्रतिरोधक क्षमता कमजोर हुनु हो ।
मुखको क्यान्सरको शुरुवातमा मुख भित्रको छालामा घाउ हुनु, छाला निस्कनु, लामो समयसम्म ओठ फुट्नु, घाउ सजिलै नीको नहुनु जस्ता सामान्य लक्षण देखिन्छ ।
क्यान्सरको सुरुवातमा मुख भित्र छाला निस्कन्छ र घाउ हुन्छ ।
यदि लामो समयसम्म मुख भित्रको सेतो दाग, घाउ र छाला निस्किरह्यो भने पछि गएर यो मुखको क्यान्सरको रुपमा परिणत हुन्छ ।
मुखबाट दुर्गन्ध आउनु, आवाज परिवर्तन हुनु, स्वर सुक्नु, जे निल्न पनि गाह्रो हुनु, ऱ्याल धेरै अथवा रगतसंग बग्नु जस्ता लक्षण मुखको क्यान्सरका हुन् ।
मुखको क्यान्सरमा घाउ, सूजन, रगत निस्कनु, पोल्नु, मुख दुख्नु जस्ता लक्षण देखिन्छ ।
कस्तालाई बढी खतरा ?
धुम्रपान अथवा अल्कोहल सेवन गर्नेलाई मुखको क्यान्सरको खतरा बढी हुन्छ ।
मुखको क्यान्सर मुख भित्र जिब्रो, गिजा, ओठ जहाँ पनि हुन सक्छ ।
सामान्यतया मुखको क्यान्सर कमजोर प्रतिरोधक क्षमताका कारण हुन्छ ।
यसबाहेक मुखको सरसफाई राम्रोसंग नगर्नु र लामो समयसम्म मुखको रोगको कारण पनि क्यान्सर हुन सक्छ ।
सबैभन्दा धेरै खतरा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुलाई मुखको क्यान्सर हुन्छ ।
बिँडी, चुरोट,अल्कोहल जस्ता कुराहरु सेवनले मुखको क्यान्सरको खतरा बढ्छ ।
ध्यान दिनु पर्ने कुराहरु
यदि मुख, ओठ अथवा जिब्रोमा कुनै घाउ अथवा सेतो दाग देखिएको छ भने तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।
पहिलो चरणमा क्यान्सरको बारेमा थाहा हुने भएकाले यसको उपचार सम्भव छ ।
यसबाहेक यदि कुनै लक्षण देखिएन भने यी कुराहरुमा ध्यान दिनु पर्छ ।
धुम्रपान र अल्कोहल सेवन गर्नु हुँदैन ।
दाँतत र मुखको नियमित दिनमा दुई पटक राम्रोसंग सफा गर्नु पर्छ ।
जंक फूड, प्रोसेस्ड फूड, कोल्ड ड्रिंक्स र डब्बामा बन्द भएका खानेकुरा खानु हुँदैन ।



