आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । महासङ्घका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार २१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।