काठमाडौं । हाल मानिसमा विभिन्न किसिमका समस्याहरु देखिन थालेका छन् । कतिपय समस्या तथा रोगहरु पहिले पनि थिए तर पहिचान हुन सकेका थिएनन् भने कतिपय रोगहरु वातावरण परिवर्तनसँगै देखापर्न थालेका छन् ।

विश्वमा केही अनौठा र आश्चर्यजनक रोगहरु पनि देखिन थालेका छन् । यी सात अनौठा रोगका बारेमा थाहा पाइराख्नुस ।
१.एन्टिरोग्रेड एम्नेसिया (केही पनि नसम्झने रोग )

जन्मदा अक्सिजनको अभाव हुँदा बिर्सने समस्या हुन्छ। बेलायतको टन्टननिवासी रिकी डिन नामका किशोर एक दिनअघिको घटनापनि बिर्सने समस्याबाट पीडित थिए। मेमेन्टो फिल्ममा जस्तै उनी आफू को हुँ, साथीहरु को हुन् भन्ने सम्म बिर्सन्थे उनी । उनी घाँटीमा आइफोन झुण्ड्याउछन्, जसमा उनलाई आवश्यक सबै कुराहरु हुनेगर्छ। उनलाई बाबुआमाले हेरचाह गर्दै आएका छन्। यस्तो समस्यालाई एन्टिरोग्रेड एम्नेसिया भनिन्छ ।

२. हाइपरथाइमेसिया (सबैथोक सम्झने रोग )

सबैकुरा बिर्सनु यसै समस्या हो भने सबैकुरा सम्झने पनि रोग हो। यस्तो समस्या भएका मानिसले आफ्ना जीवनका हरेक घटनाहरु सम्झने गर्छन्। तपाईंले कुनै वर्षौँ अघिको दिन भन्नु भयो भने हिजो भएजस्तै गरी उनीहरु त्यस दिनका हरेक गतिविधिहरु भन्ने गर्छन्। अहिलेसम्म विश्वमा जम्मा ६ जनामा यस्तो समस्या भएको पाइएको छ। जसमा सन् १९७० को हलिउड फिल्म ट्याक्सीकी अभिनेत्री मारिलु हेन्नर पनि हुन्।

३.कन्जेनिटल हाइपरट्राइकोसिस (अनुहारभरि रौं उम्रने )

यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ। यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउछन्। यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखा परेको छ। यसको उपचार पनि छैन। १९ औं र २० औं शताब्दिमा यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो।

४.इपिडेर्मोडाइसप्लाजिया भेरसिफर्मिस (रुखका जस्ता जरा आउने रोग)

ह्युमन पापिलोमाभाइरसबाट हुने यो रोग लागेपछि मानिसमा मुसा आएर शरीरमा नै रुखका जरा पलाएजस्तो हुन्छ। इण्डोनेसियाका डेडे कोसावा नाममा मानिस यो समस्याबाट पीडित थिए। उनी जतिपटक मुसाहरु काट्थे, उत्तिखेरै पलाउनथ्यो। एक अमेरिकी सर्जनले सन् २००८ मा उनको उपचार थालेपनि उनी पूर्ण रुपमा निको हुन सकेका छैनन्।

५. प्रोगेरिया (समय नहुँदै बुढो देखिने रोग)

बच्चाहरु बुढो देखिने रोगलाई प्रोगेरिया भनिन्छ। यो रोग के कारणले हुन्छ भन्ने पनि अहिलेसम्म थाहा भएको छैन भने यसको उपचार पनि छैन। यस्ता बच्चाहरु बढीमा १३ वर्षसम्म बाँच्छन् भने कसैलाई हृदयाघात हुन्छ। ४० लाख जन्ममा एकजनालाई यस्तो रोग हुन्छ।

६.मेथेमोग्लोबिनेमिया (शरीर निलो हुने रोग)

अक्सिजनको आवागमन अवरुद्ध भएर शरीर निलो हुने समस्यालाई मेथेमोग्लोबिनेमिया भनिन्छ। अमेरिकाको केन्टुकीका मार्टिन फुगेट सन् १९२० मा ट्रबल क्रिक भन्ने ठाउँमा पुग्दा पूरै निलो भए। तर, पनि उनको अवस्था भने सामान्य नै रह्यो। उनले बिहे गरेकी एलिजावेथ स्मीथ निलो थिइनन्। तर, उनीहरुका सातमध्ये चार सन्तान पनि निला भएर जन्मिए।

७.प्रोस्पाग्नोसिया (अनुहारको अन्धोपना)

कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गाह्रो हुने समस्या यसमा पर्छ। ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ। तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah