काठमाडौं: दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहको मतपरिणाम अाउने क्रम जारी छ । मतपरिणाम अनुसार एमाले अग्रस्थानमा छ। पहिलो चरण सबैभन्दा धेरै स्थानीय तह जितेको नेकपा एमालेले दाेस्राे चरणमा पनि अग्रता लिएकाे हाे । कांग्रेसले दाेस्राे स्थानमा छ ।
पहिलो चरणको चुनावमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रले यसपालि पनि तेस्रो स्थानमा छ। त्यस्तै फोरम-नयाँ शक्ति चाैथाे, फोरम लोकतान्त्रिक पाचाैँ र छैटाैँ स्थानमा रहेर अग्रता लिइरहेकाे छ ।
स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । भने ४१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
| नेपाली कांग्रेस | नेकपा एमाले | माओवादी केन्द्र | राप्रपा | फोरम-नयाँ शक्ति | फोरम लोकतान्त्रिक | अन्य | |
|---|---|---|---|---|---|---|---|
| जित | ७६ | ९२ | २७ | ० | १ | १ | १ |
| अग्रता | ५४ | ५२ | १३ | ४ | २ | ५ | ४ |



