स्थानीय तह निर्वाचनमा मेचीनगरको प्रारम्भिक मत परिणाम अनुसार वडा नं.– १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन भट्टराई विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चेतराज विष्टलाई ६ मतको अन्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।
भट्टराईले १ हजार ३३ मत प्राप्त गरेका छन् भने विष्टले १ हजार २७ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षकै प्रत्यासी नेकपा माओवादी केन्द्रका बसन्त राजवंशीले ८७६ मत ल्याएका छन् ।
सुरुदेखि नै भट्टराई र विष्टबीच कडा प्रतिस्ष्र्धा भएको थियो ।
त्यसैगरी सदस्यहरुमा महिला कोटामा नेकपा एमालेकी कुसुम चौधरीले १ हजार ३८ मत प्राप्त गरी विजयी हासिल गरेकी छिन् भने दलितमा नेपाली कांग्रेसकी पवित्रा नेपालीले ९९३ मत ल्याएकी छिन् । खुल्ला सदस्यमा नेकपा एमालेका कैलाश कट्टेलले ९२९ र नेपाली कांग्रेसका विर्खलाल राजवंशीले १हजार १०७ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी वडा नं. १ मा नेकपा एमालेका पासाङ तामाङ विजयी भइसकेका छन् ।



