नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य उकालो लागेको छ ।

आज सुनको मुल्य तोलामा ४ सय रुपैंया बढेर प्रतितोलाको मुल्य ९१ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैंया रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५ सय रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य तोलामा १० रुपैंयाले बढेर प्रतितोलाको मुल्य १ हजार २१० रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २ सय रुपैंया रहेको छ ।