झापा — झापाको बिर्तामोडस्थित एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् ।

उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् । प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार क्यामेरामेन भाष्कर श्रेष्ठ, सामाजिक सञ्जाल टीकटकमा भिडियो पोष्ट गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलका नाममा पनि उजुरी परेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक गरेका थिए ।

अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । पीडितहरुले निवेदनमा आफूहरुको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरुलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरुको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक संजालमार्फत युटुबमा लाइभ प्रसारण गराइ टीकटक प्रयोगकर्ता कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलसमेतले सामाजिक संजालमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्र हत्या गरेकाले २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah