दमकमा नेपाली काँग्रेसका मेयरका उम्मेद्वार ढुण्डिराज भण्डारीले माओबादी केन्द्रका उम्मेदवार गगन पुरीलाइ पछि पार्दै अग्रता लिएकाछन् । वडा नं. १ र २ गन्दा पछि परेका भण्डारी ३ मा आइसकेपछि आफ्नो अग्रतालाइ बढाएकाछन् ।
भण्डारीको सोमबार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार १७५० मत ल्याएकाछन् । माओबादी केन्द्रका मेयरका उम्मेद्वार गगन पुरीले १६९४ मत प्राप्त गरेकाछन् ।
शुरुवाती अर्थात प्रारम्भिक मत गणनामा पुरी १ मतले सबैलाइ उछिनेर अग्रता लिएका थिए ।
काँग्रेसभित्र अन्र्तघात भएको भन्दै सामाजिक सञ्जालमा स्थानीय नेतृत्वको चर्को आलोचना भएको थियो ।




