दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी ६६बर्ष पुगेका छन् । २२ अगष्ट अर्थात आज उनले आफ्नो ६६ औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । उनका फ्यान भारतमा मात्र नभएर विश्वभर रहेका छन् । उनी हिरो, च्यालेन्ज, इन्द्रा र खुनका रिश्ता जस्ता फिल्मबाट दर्शकमा मनमा बस्न सफल छन् ।

उनको जन्म आन्ध्र प्रदेशको मोगालथुरमा भएको हो । उनको सक्कली नाम कोनीडेला शिव शंकर प्रसाद रहेको छ । उनलाई आमाले नाम परिवर्तन गरेर चिरन्जीवी राखिदिएकी थिइन् । उनको नामको अर्थ हमेश जिवित रहेको छ ।

विवाहः चिरन्जीवीले १९८० मा सुरेखासँग विवाह गरेका थिए । उनका तीन सन्तान छन् । एक छोरा राम चरण तेजा हुन् भने दुई छोरी श्रीजा र सुष्मिता रहेका छन् । राम चरण साउथ फिल्मका चर्चित हिरो हुन् । चिरन्जीवीले अभिनयको सुरुवात १९७८ मा फिल्म प्रनाम खारेडुबाट गरेका थिए । फिल्ममा उनको भूमिका सानो थियो ।

रातारातस्टा चिरन्जीवी १९८३ को फिल्म ‘खादी’ अभिनयपछि रातारात स्टार बन्न सफल भएका हुन् । यस अगाडि पनि उनले थुप्रै फिल्म अभिनय गरेका थिए । ८० र ९० को दशकमा उनले कयौँ सुपरहिट फिल्म दिएका छन् । साउथ फिल्मको अलवा उनले बलिउड फिल्ममा पनि काम गरेका छन् । अस्कर अवार्ड समारोहमा बोलाइएको चिरन्जीवी साउथका पहिलो सुपर स्टार हुन् ।

राजनीतिमा सफलताः साउथ र बलिउडको सफलतापछि चिरन्जीवीले राजनीतिमा पनि पाइला बढाएका थिए । जसमा उनी सफल समेत भए । उनले २००८ मा आन्ध्र प्रदेशमा ‘प्रजा राज्यम’ पार्टीको स्थापना गरे । २००९मा भएको विधानसभा चुनावमा उनको पार्टीले १८ सिट प्राप्त गर्यो । सामाजिक कार्यकर्ताको रुपमा पनि उनी चिनिएका छन् । राजनीतिक करियर सुरु गर्नु अगाडि उनी ‘शंकर दादा जिन्दावाद’ फिल्ममा देखिएका थिए ।

करोडौँका मालिक: चिरन्जीवी १५०० करोडमा मालिक हुन् । उनको बुहारी उपासना कमिनेनी अर्बपति परिवारकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah