खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले १५ केजी गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका राईले प्रतिबन्धित लागूऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीलले उनको घर खान तलासी गर्दा फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

निरीक्षक साहका अनुसार राईको घरबाट बरामद गरिएको गाँजा गाँजा जिल्लामा दोस्रो ठूलो परिमाण हो । पक्राउ परेको राईलाई आइतबार लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई थप कानूनी कारबाही गर्न हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सूचना अधिकारी साहले जानकारी दिए । यसअघि गत चैत्र ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो ।

प्रहरीका अनुसार गाँजा कारोवारमा संलग्न रहेका राई हाल फरार रहेका छन् । फरार रहेका राईलाई पक्राउ गर्न जिल्ला अदालत खोटाङले पक्राउ पूर्जिसमेत जारी गरेको थियो । यो जिल्लामा प्रहरीले पहिलो पटक ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश भागमा बसोबास गर्ने स्थानीय बासिन्दाले गाँजा खेती गर्दै आएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा अन्य अन्नबाली उत्पादन नहुने भएपछि स्थानीय बासिन्दाले गाँजा खेती गर्ने गरेका हुन् ।

यसैबीच, अवैधानिक हातहतियार भरुवा बन्दुकसहित शनिबार एक युवक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

घरमा भरुवा बन्दुक लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेका राईबिरुद्ध अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियारमुक्त अभियानसमेत शुरु गरेको छ । अभियान अन्तरगत गत विहीबार ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah