इलामको फाकफोकथुम गाउँपालिकाको अन्तिम मतपरिणाम आएको छ । काङ्ग्रेसका राम श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् । श्रेष्ठ ४१४२ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्दी एमालेका दिपेन्द्र ३९७८ मत ल्याए । यता उपाध्यक्षमा भने एमालेकी सरस्वती राई सरु विजयी भएका छन् ।
उनले ४२४१ मत ल्याएकी छिन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी डालाकुमारी बिष्टले ३९८३ मत ल्याएकी थिइन् ।



