अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घण्टौंसम्म ओछयानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादु मन्त्र पाएदेखि फुस्स निदाउँथे नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

यस्ता मान्छेका लागि एउटा जादु उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहुन्छ ।

आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।

पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।

तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् ।

यो उपाय गरेर हेर्नुस् न त एकपटक ।

एजेन्सीको सहयोगमा

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah